जाेखिम कायमै छ, पूर्ण सतर्क रहनुस् : विप्लव

काठमाडौ । विश्वव्यापी महामारीको रुप धारण गर्दै गएको कोरोना भाइरसबारे नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुराएको बताउँदै जाेखिम कायमै रहेकाले अत्यन्त सतर्क रहन अाम जनसमुदायलनई अपिल गरेका छन् ।
‘जोखिम कायमै छ’, महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस्तो जोखिमको परिस्थितिमा सारा देश एकतावद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ ।’ विप्लवले कोरोना संक्रमणका विरुद्ध आम नेपाली नागरिकलाई सचेत रहन पनि आग्रह गरेेेका छन्।
नेता विप्लवले देशभरका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दै तत्काल पार्टी कार्यकर्ताहरु र जनसेनाहरुलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक बनाउन निर्देशन दिए ।
उनले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाहीहरु बन्द गरिएको जानकारी पनि गराए ।