संसद विघटन मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ, असार ९ देखि निरन्तर सुनुवाइ



संसद विघटन मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ, असार ९ देखि निरन्तर सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार संवैधानिक इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध यस्तो आदेश जारि गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवेदक रहेको मुद्दालाई मूल मुद्दा मानी आउँदो असार ९ गतेदेखि नियमित सुनुवाइ हुने अदालतको आदेश छ । अरु मुद्दालाई लगाऊ मुद्दाको रुपमा राखिएको छ ।

अभियान पोष्ट