महासचिव विप्लवले पार्टीबाट लिन्छन् २० हजार (भिडियाेसहित्)



महासचिव विप्लवले पार्टीबाट लिन्छन् २० हजार (भिडियाेसहित्)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मासिक २० हजार लिने गरेकाे खुलासा गरेका छन् ।

‘मलाई पार्टीले मासिक २० हजार तलब दिन्छ,’ हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै विप्लवले उक्त कुरा खुलाएका हुन् ।

तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी राजेन्द्र बानियाँले सोधेको प्रश्नमा उनले भने, ‘म २० हजार लिन्छु ।’ अन्तर्वार्तामा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् ।

‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उनले भनेका छन्, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’ विप्लवसँगको अन्तरवार्ता आज राति (बुधबार) ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुदैछ ।

अन्तर्वार्ताकाे छाेटाे अंश हेर्नुस ।

अभियान पोष्ट