संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा



संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार रिट निवेदक पक्ष र सरकारी वकिलहरुले संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरेका थिए ।

यस विषयमा दुबै विषयमा दुबै तर्फको बहस सकिएको छ । तर मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमुकुमार श्रेष्ठ रहेका छन् ।

अभियान पोष्ट