सकियो एमाले स्थायी कमिटी बैठक, के भयो निर्णय ?



सकियो एमाले स्थायी कमिटी बैठक, के भयो निर्णय ?

काठमाडौं । नेकपा(एमाले)ले बागमती प्रदेश अन्र्तगतको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कतिपय जनप्रतिनिधिले पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएको बताएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले आज बागमती प्रदेशको हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरिएको प्रति पार्टीले गम्भिरतापूर्वक लिने र भत्र्सना गर्ने निर्णय गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गर्ने क्रियाकलापको भत्र्सना गरिएको परराष्ट्र मन्त्री तथा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीेले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्दै कतिपय नेताहरु, कतिपय जनप्रतिनिधिहरुले जुन ढंगका क्रियाकलापहरु गर्नुभयो । त्यसलाई बैठकले अत्यन्त गम्भिरतापूर्वक लिएको छ । त्यस्ता प्रवृत्तिहरु पार्टीको आधिकारिक उम्मेदवारको विरोध गर्ने, विपक्षमा मतदान गर्ने जस्ता क्रियाकलापको भत्र्सना गरेको छ ।’
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ मन्त्री ज्ञवालीले सरकारले अध्यादेशबाट नभई संसदको नियमित बैठकबाट बजेट ल्याउने पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘अहिले लगत्तै क्याबिनेट बस्दैछ । सम्भवत्ः यो क्याबिनेटले अधिवेशन बोलाउने निर्णय गर्छ । त्यसकारण अध्यादेशबाट ल्याउने कुनै सोच छैन ।’

मन्त्री ज्ञवालीले तत्काल देशमा स्वास्थ्य संकटकाल नलगाइने पनि स्पष्ट पार्नुभयो । आजको स्थायी कमिटी बैठकमा प्रधामन्त्री ओलीलाई कोभिड १९ विरुद्धको भ्याक्सिन लगायत अन्य आवश्यक वस्तुहरुको लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न र ति चिजहरुको शिघ्र आपूर्तिको लागि थप पहल गर्न, एकिकृत ढंगले स्वास्थ्य प्रणालीलाई अगाडी लैजानको निमित्त संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारबीच समन्वयको जरुरी भएको हुनाले आवश्यक पर्दा नयाँ कानुनी व्यवस्था गरेर भएपनि, नयाँ संरचना बनाएर भएपनि कदम चाल्न सुझाव दिइएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

अभियान पोष्ट