प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा



प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरुद्ध परेका रिट प्रधानन्यायाधीशको बेञ्चमा परेको छ । प्रधानमन्त्री ओलीले लिएको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल बेन्चमा हुन लागेको हो ।

बरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रधानमन्त्री ओलीले सपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

अभियान पोष्ट