स्व. गिरिजाप्रसाद काेइरालाले स्थापना गरेकाे नेपाल ट्रेड युनियन कांग्रेस खारेज



स्व. गिरिजाप्रसाद काेइरालाले स्थापना गरेकाे नेपाल ट्रेड युनियन कांग्रेस खारेज

नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघलगायत २७ वटा अावद्ध संघकाे भविष्य अन्याैल

काठमाडौँ । पूर्व प्र म गिरिजाप्रसाद कोइराला सस्थापक अध्यक्ष रहेको ७४ वर्ष पुरानो नेपाल ट्रेड युनियन कांग्रेस अाैपचारिक रुपमा खारेज भएकाे छ । २००३ सालमा विराटनगर जुटमिलमा कार्यरत तत्कालीन मजदुर नेता काेइरालाले स्थापना गरेका थिए । उक्त ट्रेड युनियनकाे कानुनी मान्यता सकिएसँगै २७ वटा भगिनी सस्थाहरुकाे भविष्य अन्याैल बनेकाे छ । भगिनी संस्थाहरुमा ९४ हजार सदस्य रहेकाे नेपाल शिक्षक संघ, काँग्रेस निकट पत्रकार संगठन, नेपाल प्रेस यूनियन, नेपाल वित्तिय कर्मचारी संघलगायत २७ वटा अावद्ध संघहरु छन् ।
हालको कार्यरत नेतृत्वको गैर जिम्मेवारी र लापरवाहीको कारण यस्तो अवस्थामा सस्था आइपुगेको साे ट्रेड युनियन निकट केही नेताहरुले बताए ।
श्रम बिभागको दर्ता नं. ०२ रहेकाे सो नेपाल ट्रेड युनियन कांग्रेस २०७६ फागुन ३ गते नै खारेज भैसकेको र सस्थाका हालका अध्यक्ष लगायत पदाधिकारीहरु बाट चैत्र ५ गते गैर-जिम्मेवार पूर्ण ढंगबाट फेरि नविकरण गर्न दवाब दिएपनि नविकरण हुन नसक्ने विभागकाे जानकारीसँगै खारेज हुन पुगेकाे हाे ।
हाल श्रम बिभागमा १४ वटा महासंघले रितपूर्वक नविकरण गरेको र नेपाल समावेशी ट्रेड युनियन महासंघ नविकरणकाे प्रक्रियामा रहेको विभागले जनायाे ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *