नेपाल पक्षका साँसदहरुले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने



नेपाल पक्षका साँसदहरुले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

काठमाडौं । नेकपा एमालेको माधव पक्षका साँसदहरु आजको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । नेपाल पक्षका नेताहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको हो ।

सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको नेता भीम रावलले बताए ।

अभियान पोष्ट