खनाल कोरोना संक्रमण मुक्त, केहि दिन अस्पतालमै रहने



खनाल कोरोना संक्रमण मुक्त, केहि दिन अस्पतालमै रहने

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त भएका छन् । वरिष्ठ नेता खनाल आइतबार साँझ संक्रमण मुक्त भएका हुन्

संक्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशल अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको हिजो पीसीआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

उनका अनुसार खनाल संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा अस्पतालमै रहने भएका छन् ।

अभियान पोष्ट