नेपाल-खनाल निकट सांसदहरुको बैठक सिंहदरबारमा बस्दै



नेपाल-खनाल निकट सांसदहरुको बैठक सिंहदरबारमा बस्दै

काठमाडौंं । माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक बिहान साढे नौ बजे बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ ।

पार्टी एकताका लागि भन्दै आइतबार अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।

साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।

अभियान पोष्ट