संसदवादकाे बिकल्प राेजाैं : विप्लव (भिडियाे पनि हेराैं)



संसदवादकाे बिकल्प राेजाैं : विप्लव (भिडियाे पनि हेराैं)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ संसदवादकाे विकल्प आफुहरुकाे बटमलाईन भएकाे बताएका छन् ।

विप्लवले संसदीय व्यवस्था पूर्णत: असफल भईसकेकाले समाजवादी सत्ता सबैकाे साझा व्यवस्था हुने वताए ।

नेपालकाे सन्दर्भमा जनवादी व्यवस्था भएपनि २१अाैं शताब्दीमा वैज्ञानिक समाजवादी व्यवस्था सबैकाे निर्विकल्प एजेन्डा हुनुपर्ने उनले धारणा राखे ।

क्यानडा नेपाल युट्व च्यानललाई अन्तर्वार्ता दिंदै विप्लवले भने, “राप्रपाका कमल थापाहरुले त समाजवादी व्यवस्था भन्न थालिसके, अब संसदवादकाे विकल्पमा जान केकाे अप्याराे ?”

१५ मिनेटकाे भिडियाे अन्तर्वार्तामा उनले सरकारसँगकाे ३ बुँदे सम्झाैता अनुरुप झुट्टा मुद्दा खारेजी र आस्थाका बन्दीहरुकाे स-सम्मान रिहाईकाे सहमति कार्यान्वयनका लागि सरकारकाे पुन: ध्यानाकर्षण गराए । (भिडियाे पनि हेराैं)

अभियान पोष्ट