विप्लव, किरण, आहुति र ऋषि कट्टेल बीच संयुक्त मोर्चा बन्याे



विप्लव, किरण, आहुति र ऋषि कट्टेल बीच संयुक्त मोर्चा बन्याे

काठमाडौं :। लामो समयदेखि प्रतिक्रान्ति र प्रतिगमन तर्फ गइरहेको नेपालको कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक ब्रेकथ्रु भएको छ ।

आन्तरिक विभाजन र टुटफुटले गर्दा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु कमजोर बनेपछि प्रतिक्रान्तिले निरन्तर बढवा पाइरहेको बेला नेपालका चार कम्युनिस्ट पार्टीहरुको बीचमा संयुक्त मोर्चा निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ ।

केपी वली सरकारको निरङ्कुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरूद्व अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्नका लागि मंगलबार नेपाल कम्युनस्टि पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।

वक्तव्यमा दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासीवादी तरिकाले हल गर्ने दुस्प्रयास स्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको बताइएको छ । वर्तमान दलाल तथा प्रतिक्रिया संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनता बीचको अन्तरविरोध चर्किदै गएको, दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरूका वीचमा पनि अन्तरविरोध चर्कदै गएको, दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासीवादी तरिकाले हल गर्ने दुस्प्रयास स्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको उल्लेख छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रको बीचमा एकता भइ कम्युनिस्ट करिब २ तिहाइको मतसहितको केपी वलीको सरकारले क्रान्तिकारी पार्टीमाथी दमन चलाएका थिए । ओलीली दुई तिहाइ आडमा कम्युनिस्ट आन्दोलनको बदनाम गर्न निरङ्कुश एवं फासीवादी कदम बढाउनुका साथै सत्ताको चरम दुरुपयोग गरि भ्रष्टाचार, लुटपाट र जनविरोधी काम गर्दै कम्युनिस्ट आन्दोलनप्रति बितृष्णा जगाउने काम गरेको थियो ।

फलस्वरूप जनतामा कम्युनिस्टहरुको बदनाम गराउन केपी सरकार केही हदसम्म सफल पनि भएको थियो । तर क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको संयुक्त मोर्चा बनाउने सहमतिले प्रतिगमन र प्रतिक्रान्तिलाइ निषेध गरि प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको विकल्पमा दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त र संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादको स्थापनाका लागि ऐतिहासिक सहमति हो भन्ने संकेत गरेको छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *