विद्रोही नेकपाका विद्यार्थी नेता उषाकिरण पक्राउ



विद्रोही नेकपाका विद्यार्थी नेता उषाकिरण पक्राउ

काठमाडौं : पौष ६, काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सो पार्टी निकटका विद्यार्थी नेता उषाकिरण हुन् । माइतीघरमा सरकार विरोधी प्रर्दशनका क्रममा उनलाई पक्राउ गरिएको हो ।                                                                                            उनी अखिल क्रान्तिकारी क्याम्पस जिल्लाका पूर्वअध्यक्ष तथा त्रिचन्द्र कलेजका एकाइ अध्यक्षसमेत हुन् । प्रहरीले उनलाइ बलपूर्वक पक्राउ गरिएको दृश्यमा देखिएको छ, यसरी उनलाइ अमानवीय तरिकाले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएको छ । साथै उनलाई तत्काल रिहा गर्न चौतर्फी माग भैरहेकोे छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *