माओवादी केन्द्रकाे अध्यक्षमा बुढाथाेकी, ९९ सदस्यीय केन्द्रीय समिति



माओवादी केन्द्रकाे अध्यक्षमा बुढाथाेकी, ९९ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षमा कर्णजीत बुढाथोकी ‘शुसिल’ निर्वाचित भएका छन् । काठमाडौंमा जारी विशेष भेलाले शुसिलको अध्यक्षतामा ९९ सय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

दुई दिनसम्म चल्ने भेला साेमवारबाट सुरु भएको थियो । भेलाको पहिलो दिन नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । भेलाले पार्टीको राजनीतिक कार्यदिशा तथा कार्यक्रम पारित गर्दै  मंगलबार (अाज) सम्पन्न हुनेछ ।

माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापाको अध्यक्षतामा बसेको उक्त बैठक तथा भेलाले सर्वसम्मत रुपमा सुशीललाई अध्यक्षमा निर्वाचित गरेको थियो । कार्यवाहक अध्यक्षले पार्टी आन्दोलनको आवश्यकता पूरा गर्नका लागि तीन पुस्तको संयोजन गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।

बैठकमा सुशिललाई अध्यक्षको प्रस्ताव गर्दै कार्यवाहक तथा बैठकका अध्यक्ष थापाले भने, ‘माओवादी केन्द्रको अध्यक्षमा लामो समयदेखि वर्गिय आन्दोलनमा रहँदै आएका पार्टीका महासचिव शुशिललाई प्रस्ताव गर्दछु, आशा गर्दछु कि उहाँको नेतृत्वमा पार्टी आन्दोलनले गति लिनेछ, वर्गीय आन्दोलन थप उचाईमा पुर्याउन सकिने छ ।’

सामाजिक दलाल व्यवस्थाले राष्ट्रघात, जनघात र अपराध बढाउँदै गरेको वर्तमान अवस्थामा कार्यवाहक अध्यक्ष थापामगरले पार्टी संगठनमा नयाँ नेतृत्व, नयाँ उर्जा, गतिशिलता र विचार राजनीतिमा विकास गर्दै अघि बढ्नुपर्ने अपरिहार्यतालाई माओवादी केन्द्रले सम्बोधन गर्दै जनताको आन्दोलनलाई अगुवाई गर्न नयाँ नेतृत्वको आवश्यक भएको धारणा राख्दै सुशिललाई अध्यक्षमा निर्वाचित गर्न सदस्यहरुलाई अपील गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि सुशिलले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटव्यूरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय बनाउनेबारे  बैठक तथा भेलामा प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सुझावसहित भेलाले पारित गरेको एक नेताले जानकारी दिए ।

त्यसैगरी भेलासँगै माओवादी केन्द्रको वरिष्ट नेतामा तिलक थापामगर रहने तथा यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका नेता रंगनाथ ढकाल पुनः उपाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

त्यसैगरी माओवादी केन्द्रको पूर्ण केन्द्रीय समिति, पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारीबारे थप छलफल सहित निर्णय गर्ने बताइएको छ । त्यस्तै विभिन्न जनवर्गिय संगठनको जिम्मेवारी, प्रदेश, जिल्ला र विभागको जिम्मेवारी बारे समेत बैठकले निर्णय गर्ने बताइएको छ । अध्यक्ष कर्णजीतले सोमबार प्रस्तुत गरेको ‘वर्तमान परिस्थिति र हाम्रो कार्यभार’ विषयक राजनीति प्रतिवेदनमा भोलिको बैठकमा व्यापक छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको विधान संशोधन, मित्र शक्तिबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, कम्युनिष्ट आन्दोलन र पार्टीको नेतृत्वलगायतका विविध विषयमा मंगलबार गहन छलफलपश्चात् पारित हुनेछ छ ।

अभियान पोष्ट