जनविराेध खेपेरै नरभाणेकाे नेपाल भ्रमण



जनविराेध खेपेरै नरभाणेकाे नेपाल भ्रमण

काठमाडौं । जब नेपाल भारतको सिमा बिबाद चरम उत्कर्षमा पुगेको थियो, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए ।
उनको यस्तो अभिब्यक्तीले नेपाली जनतालाई उनि प्रति निकै नै आक्रोहश रहि आएको छ ।

उनलाई नेपाली जनताले मन पराउदैनन् उनको यो भम्रणलाई नेपाली जनताले स्विकार गरेको छैनन् । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती हुँदाहुँदै पनि नेपाल आईपुगेका छन् ।

उनै भारतीय वायु सेनाको विमानमार्फत हिजाे बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ ।
नरवणेको गाडीको अगाडि(पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गर्नेछ । सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहनेछ । उनि आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएन । तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने भनिएको छ । पत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।
भ्रमणको महत्वपूर्ण कार्यक्रम आज (बिहीबार) राखिएको छ । उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको छ ।

यसैलाई मद्यनजर गदै उनको भ्रमणको पूर्वसन्ध्यामा उपत्यकामा कालाे झण्डा देखाउने, विराेध प्रर्दशन पनि भए भने चेकजाँचमा कडाइ गरिएको थियो भने आइसकेपछि उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *