सरकारी षड्यन्त्र चिर्दै अभियान्ता कार्की रिहा



सरकारी षड्यन्त्र चिर्दै अभियान्ता कार्की रिहा

काठमाडौं । सामाजिक अभियान्ता तथा अन्तराष्ट्रिय युवा प्रशिक्षक नरबहादुर कार्की रिहा भएका छन् । अभियान्ता कार्कीलाई प्रहरीले गत कात्तिक ६ गते  २१ दलीय मोर्चाले आयोजना गरेको सरकारविरुद्ध प्रदर्शनको क्रममा माइतीघरबाट गिरफ्तार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले सरकारी वकिल कार्यालयको सहमति लिएर रिहा गरेको हो । यसअघि सर्वोच्च अदालतले गिर फ्तार गर्नुको कारण माग्दै कार्कीसहित उपस्थित हुन सरकारका नाममा आदेश दिएको थियो । प्रहरीले गैरकानुनी रुपमा गि’रफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले सो २४ घण्टाभित्र उपस्थित हुन आदेश गरेको थियो ।सुरुमा प्रशासनले कार्कीलाई आत्मसमर्पण गराउन खोजेको र जिल्लाका सांसदको रहोबरमा छोड्न सकिने बताएको थियो । तर दशैंको बिदामा पनि सर्वोच्चले २४ घणटाभित्र उपस्थित गराउन आदेश दिएपछि काठमाडौं जिल्ला प्रशासनले रिहा गरेको बताइएको छ ।

कोरोनाको निःश‍ूल्क उपचारको माग गर्दै गरिएको प्रदर्शनबाटै कार्कीलाई गिरफ्तार गरेपछि चौतर्फी विरोध भएको थियो । २१ दलीय मोर्चाको तर्फबाट सीपी गजुरेलले विज्ञप्ति जारी गरेर विरोधजनाउँदै रिहाईको माग गरेका थिए । कार्की राष्ट्रिय जागरण मंचको तर्फबाट उक्त कार्यक्रम सहभागी भएका थिए । उनी मंचका सचिव समेत हुन् ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *