सरकार विरुद्ध सशक्त संघर्ष गर्ने



सरकार विरुद्ध सशक्त संघर्ष गर्ने

सरकारलाई प्रतिबन्ध हटाउन माग

२० राजनीतिक सङ्गठनको कार्यगत एकताको २०७७ आश्विन २४ गते बैठक बसी वर्तमान ओली सरकारले गरेका राष्ट्रघात, जनतन्त्र विरोधी र जन जिविकामा गरेको गैह्र जिम्मेवारी कामका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

असोज २५ गते २१ राजनैतिक संगठनको तर्फबाट सी.पी.गजुरेल हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा के.पी. ओली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको पाइएको छ, एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड-१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्न लगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै यही आउँदो आश्विन २९ गते दिनको १ बजे माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने” जनाइएको छ ।

विज्ञप्ती अगाडि भनिएको छ, “केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने ठेगान गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ । २० राजनीतिक सङ्गठनहरुको कार्यगत एकतामा ने.क.पा. (माओवादी) लाई पनि समावेश गरिएको छ । अब यो २१ सङ्गठनको कार्यगत एकता बनेको छ ।

बैठकमा राष्ट्रिय जागरण मञ्चका तर्फबाट उपस्थित मञ्चका अध्यक्षले २० संगठनका मुख्य नेताहरुको उक्त बैठकमा दशैं र तिहारका बीचमा भौतिक उपस्थितिमा बसी थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निणर्य पनि भएको जानकारी दिनु भयो ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *