बास्काेटाकाे ७० करोड कमिसनको अख्तियारद्वारा अनुसन्धान



बास्काेटाकाे ७० करोड कमिसनको अख्तियारद्वारा अनुसन्धान

काठमाडौं : चैत ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा नै कमिसन काण्डमा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ ।

अख्तियारले केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयललाई पत्र पठाएर सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल माग गरेको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगमा उजुरी आएपछि आयोगले अनुसन्धान सुरु गरिएको जनाएको छ । अख्तियारका तीन जना अधिकारीले प्रकरणको अनुसन्धान गरिरहेका छन् ।

स्वीट्जरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले सुरक्षण मुद्रण खरिद प्रक्रियामा छलफल हुँदा बास्कोटाले करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यस सम्बन्धि अडियो टेप सार्वजनिक गराएका थिए ।

अभियान पोष्ट