नेकपाका नेता प्रज्वलन रिहा



नेकपाका नेता प्रज्वलन रिहा

काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य  वसन्त श्रेष्ठ `प्रज्वलन´  रिहा भएका छन् ।
गत चैत्र ८ गते राति काभ्रेबाट गिरफ्तार परेका श्रेष्ठ ११ महिनापछि बिहीबार रिहा भएका हुन् । अदालतको आदेशमा रिहा भएपनि पटक पटक गिरफ्तार परेका नेता श्रेष्ठलाई उच्च अदालत बुटवलले रिहा गरेको हो ।
श्रेष्ठलाई नेकपा स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओलीसँगै गत बर्ष चैत ८ गते राति काभ्रेको खानीखोला ७ मिल्चेबाट पक्राउ गरेको थियो ।
सो क्रममा श्रेष्ठलगायत ९ जना पक्राउ परेका थिए । पछिल्लो पटक पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई रुपन्देही जिल्ला अदालतले ४ हजार धरौटीमा छाड्ने आदेश दिए पनि सो रकम नबुझाएका कारण कारागार चलान भएका थिए ।
गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरि काभ्रे पुर्याएको थियो । जिल्ला प्रहरी कार्यलय काभ्रेको हिरासतमा रहेका श्रेष्ठमाथि संगठित अपराध (आगो लगाएको) सम्बन्धी अभियोग लगाइएको थियो । सोही मुद्धामा अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै पुन पक्राउ गरि रुपन्देही पुर्याएको थियो ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *