सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा



सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा

पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३१ नेताले संयुक्त राजीनामा दिएका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनामा दिएका हुन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । थापालाई पदाधिकारी दिने बताइएको छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *