४ घण्टा लामाे नेकपाको सचिवालय बैठक फेरि निष्कर्ष विहिन



४ घण्टा लामाे नेकपाको सचिवालय बैठक  फेरि निष्कर्ष विहिन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे चार घण्टा लामाे बैठकमा खास निष्कर्ष ननिस्किए पछि, थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्नेबारेमा दुई अध्यक्ष र अरु नेताबीच गृहकार्य भइरहेको र सचिवालयले त्यसबारेमा अझै छलफल गरेर पार्टी एकतालाई रक्षा गर्न तथा जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने सहमति भएको बताउनुभयो ।
आइतबारकाे स्थायी कमिटीको बैठकमा यसबारेमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पनि राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *