ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर : डा. भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन्।
प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं
— Baburam Bhattarai (@brb1954) July 18, 2020
शनिबार बिहान एक ट्वीट गर्दै भट्टराईले हिटलर पनि निर्वाचित नै भएको र उनले पनि राष्ट्रवादलाई नै हतियार बनाएको, तर आखिर के भयो भनी प्रश्न गरेका छन्। ट्वीटमा उनले संसद्बाटै सङ्कटमोचन गर्नुपर्नेमा नेकपाले किन अलमल गरेको भनि सोधेका छन्।
पूर्वप्रधानमन्त्री डा.भट्टराई प्रधानमन्त्री ओलीका कटु आलोचक हुन्।प्रधानमन्त्री एवम् अध्यक्ष ओलीका कार्यसम्पादन र व्यवहारलाई लिएर अहिले सत्तारूढ नेकपाभित्र विवाद जारी छ।