नेकपा सचिवालय बैठक बस्दै



नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीभित्रको आन्तरिक विवादको गाँठो फुकाउने उद्देश्यनका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो ।

सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ ।

नेकपाको विवाद पार्टी फुटकै तहसम्म पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो ।

बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच हालसम्म १० पटक जति छलफल भए पनि पार्टी विवाद हल हुने कुनै संकेत मिलेको छैन ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हो । यद्यपी ओली दुवै पद नछाड्ने अडानमा छन् ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *