पत्रकारकाे रक्षाका लागि महासंघकाे बृहत् प्रर्दशन



पत्रकारकाे रक्षाका लागि महासंघकाे बृहत् प्रर्दशन

काठमाडौ, १५ असार । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारकाे पेशाकाे सुरक्षा र अधिकारका लागि आउँदाे १९ गते शुक्रबार बबरमहलमा बृहत् प्रर्दशन गर्ने भएकाे छ ।नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको साेमवार बसेकाे बैंठकले पत्रकारलाई पीडा दिने सञ्चारगृहलाई दवाव हाेस् भनेर प्रर्दशन गर्न लागेकाे हाे ।
यसैगरी बैठकले ती सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिक रुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरेकाे महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


आन्दोलनका लागि महासंघले यसअघि सञ्चारगृहहरुमा समयसिमा सहित बुझाएको अल्टिमेटमको समिक्षा समेतका आधारमा आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवि पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापीत गर्न वृहत प्रर्दशन गर्ने निर्णय गरेकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले स्पष्ट पारे ।
बैंठकमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) को संक्रमणले सञ्चारक्षेत्रमा परेको असर र श्रमजीवि पत्रकारको पेशागत सुरक्षाको विषयमा गम्भीर छलफल तथा समिक्षा भएकाे थियाे । विशेषगरी लकडाउनको अवधिमा श्रमजीवि पत्रकारलाई निश्कासन गर्ने, वेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौति गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहिन गराउने जस्ता जटिल समस्या छन् । महासंघले श्रमजीवि पत्रकारको हक अधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको छ ।
यस्तै श्रमजीवि पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद, पेशागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यवद्धताका लागि आग्रह गर्ने निर्णय समेत भएको बताइएकाे छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *