राप्रपा सचिवालयमा ९ जना मनोनीत



राप्रपा सचिवालयमा ९ जना मनोनीत

काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् ।

मनोनीत हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्ताैला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) रहेकाे पाटीकाे प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *