जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज !



जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज !

काठमाण्डौं । देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास जेठ ३ गतेबाट लागू हुने गरी खारेज गर्ने निर्णय गरेको हो । उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयमा बसेको बैठक यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले शनिबारबाट लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको बताए । अबदेखि सवारी पास गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने पनि उनले बताए । सञ्चारकर्मीका लागि भने सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनको भनाइ छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *