माइतीघरमा आन्दोलनकारीको प्रश्न  : सीमा मिचियो कि बेचियो ?



माइतीघरमा आन्दोलनकारीको प्रश्न  : सीमा मिचियो कि बेचियो ?

काठमाडौं।  नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा निस्केका ३० जनालाई प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।

सोमबार दिउँसो विद्यार्थी तथा सीमा रक्षा अभियानका अभियान्ताहरूले विरोध गर्दै निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

‘लकडाउन उल्लंघन गरेको भएर हामीले उनीहरूलाई पक्राउ गरेका हौं,’उनले भने,’विरोध गर्नै नपाइने त होइन तर पाँच जनाभन्दा बढी भेला हुन नपाइने बेला हुल निस्किएपछि पक्राउ गर्‍यौं।’ उनीहरूलाई नियन्त्रणमा दिई प्रहरीले पुलिस क्लबमा राखेको छ।

आइतबार पनि नयाँ बानेश्वरबाट १० जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरू संसद चलिरहेकै बेला निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ।

यसअघि गत कात्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूमि आफ्नो भू-भाग भन्दै समेटेपछि विरोध भएको थियो।

 

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *