भारतले क्षमायाचना गर्नुपर्छ : साझा पार्टी



भारतले क्षमायाचना गर्नुपर्छ : साझा पार्टी

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग बनाएको भारतले माफी माग्नुपर्ने साझा पार्टीले ठहर गरेको छ ।

‘भारतले सबै अतिक्रिमति भूमि छोडेर जानुपर्छ, कालापानी, लिपुलके र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्छ,’ पार्टी सहप्रवक्ता शरदराज पाठकद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्छ ।’

भारतले बारम्बार नेपाली भूभाग अतिक्रमण गर्नुको पछाडि नेपाल सरकारको कमजोरी पनि कारक रहेको साझा पार्टीको निश्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ ।’

भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्समा नेपाली भुमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुःखद रहेको उसको धारणा छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *