विप्लव नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा पक्राउ



विप्लव नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन्।

प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो। स्रोतले अभियान पोष्टलाई पक्राउबारे पुष्टि गर्दै भन्यो, ‘हामीले शर्मालाई चितवनबाट पक्राउ गरेका हौं। अहिले यहाँभन्दा बढी भन्न मिल्दैन।’

बिरही विप्लव नेकपाका केन्द्रीय प्रकाशन विभाग प्रमुख समेत हुन्।

अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए।

पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा थिए। जनयुद्धमा लामो समय संघर्ष गरेका शर्मा शान्ति आएपछि सांसद मन्त्री केही भएका थिएनन्।

२०६९ सालमा मोहन वैद्य किरणले पार्टी फुटाएपछि विप्लवसँगै गएका थिए। लगतै विप्लवले पार्टी अलग गराएपछि विप्लव नेतृत्वको पार्टीमा पोलिटब्यूरोको जिम्मेवारीमा थिए।

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *