पार्टी फुटाउन समाजवादीका सांसद रातभर होटलमा



पार्टी फुटाउन समाजवादीका सांसद रातभर होटलमा

काठमाडौं । अलग दल गठनका लागि समाजवादी पार्टीका नेताले ८ जना सांसदलाई रातभर होटलमै राखेको पाइएको छ ।

रेणु यादव, मोहम्मद ईस्तियाक राइन सहितको समूहले सत्तापक्षको सहयोगमा होटलमा खाने बस्नेसहित पार्टी फुटाउने तयारी गरको समाजवादीको आरोप छ । सत्तापक्षका केही नेताहरूले पूर्वराज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरणको शैलीमा उठाएर होटलमा राखेको र बिहीबार बिहान उद्धार गरी पार्टीको सम्पर्कमा पुर्‍याइएको विश्वदिप पाण्डेले जानकारी दिए ।

होटलमा विमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, रेणु गुरुङ सहितका नेता रहेको उनीहरूले नयाँ दल गठनको तयारी गरेका थिए ।  समाजवादी पार्टीका नेता गंगा श्रेष्ठले सरकारले समाजवादी पार्टीका सांसदहरूलाई पाँचतारे मेरियट होटल, नक्साल लुकाएर राखेको आरोप लगाएका छन् ।

“वास्तविकता बुझ्न म बिहान ८ः३० बजे त्यस होटलमा पुगेँ । म पुग्दा आंगकाजी शेर्पालगायतका केही साथीहरू पनि होटलमा पुगिसक्नु भएको रहेछ । हामीलाई होटलभित्र छिर्न दिइएन । झन्नै ९ बजेतिर कलुदेवी बिश्वकर्मालगायतका सांसदहरूलाई एउटा रातो कारमा हालेर पछाडिको गेटबाट नेकपाका नेता महेश बस्नेतहरूले भगाए । त्यसपछि हामी घर फर्कन लाग्दै थियौं । एक्कासी ३ भ्यान प्रहरी आएर हामीलाई घेरा हालेर हामीलाई नियन्त्रणमा लिए । १० मिनेटपछि हामीलाई छाडिदिए,” उनले भनेका छन् ।

होटलमा राखे पनि उनीहरूले पार्टी फुटाउने प्रयास भने सफल भएको छैन । यसैबीच राजपा र समाजवादीको नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *