सरकारी नेकपा फुटको संघारमा, पाटी पुटाउने नियतले  ल्याए प्रधानमन्त्रीले  यस्तो अध्यादेश



सरकारी नेकपा फुटको संघारमा, पाटी पुटाउने नियतले  ल्याए प्रधानमन्त्रीले  यस्तो अध्यादेश

काठमाडौं । पार्टी एकताको दुइ बर्ष पनि पुरा नहुँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको छ । सरकार संचालन र पार्टीमा जिम्मेवारी हेरफेरका बिषयमा पार्टीमा चरम बिबाद हुँदा यस अघि नै पटक-पटक विभाजनबाट बाल-बाल बचेको सरकारी नेकपा पुनः विभाजनको संघारमा पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनलाई सजिलो हुनेगरि राजनीतिक दल त्याग सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ठुलै लफडा सुरु भएको छ ।

सोमबार अध्यादेशमार्फत गरिएको कानून संशोधनले अब पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी फुटाउनका लागि बाटो खोलिदिएको छ । त्यसले अब सनकका भरमा निर्णय लिने ओलीलाई झन् सजिलो हुने भएको छ ।

राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य आवश्यक पर्ने प्राबधान छ । अहिले नेकपाभित्र ओली समूह अल्पमतमा छ । त्यसैले उनले आफुलाई सजिलो हुनेगरी बिधेयक ल्याएका हुन् ।

प्रधानमन्त्री ओलीको चाहनाअनुसार सोमबार क्याबिनेटमा ल्याइएको अध्यादेशले पार्टी विभाजनका लागि संसदीय दलमा मात्र ४० प्रतिशत पुग्दा पनि विभाजनले मान्यता पाउने प्रावधान समेटिएको छ ।

अध्यादेशको यो प्रावधानले अब ओली समूहलाई पार्टी फुटाउन सजिलो भएको छ । अध्यादेश नल्याएको भए पार्टीभित्र ४० प्रतिशत नपुगाउदासम्म विभाजनले मान्यता पाउन सक्दैनथ्यो ।

देशमा कोरोनाको महामारीले ठुलो संकट पैदा गरिरहेका बेला त्यसका बिरुद्ध जुध्नुको सट्टा ओलीले यस्तो अध्यादेश किन ल्याउनु परेको होला भन्ने जिज्ञासाले यतिबेला नेकपाका नेता कार्यकर्ता हैरान परेका छन् । पुर्व माओवादी नेताहरुले प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका कारण यस्तो बिधेयक ल्याएको आशंका गरिसकेका छन् ।

ओलीले पेश गरेको अध्यादेश पारित भएसँगै सत्तारुढ नेकपाभित्र ठुलै तरंग उत्पन्न भएको छ । मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्वमाओवादीबाट मन्त्रि भएकाहरु प्रचण्डनिवास खुमलटार पुगेर छुट्टै बैठक बसिरहेका छन् ।

पुर्व माओवादीहरु मात्र हैन पार्टीभित्र प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम लगायतका नेताहरु समेत अहिले प्रधानमन्त्री ओलीका गतिबिधि र काम कारबाहीप्रति सन्तुष्ट छैनन् ।

कोरना महामारीका बेला सत्ता पक्ष र प्रतिपक्ष समेतका दलहरु मिलेर अघि बढ्नुपर्ने बेलामा सरकारले ल्याएको यो अध्यादेशले सत्ता संचालन गरिरहेकै पार्टी फुटको नजिक पुग्ने गरि लफडा मच्चिनुले बहुमत प्राप्त दलप्रति नै जनताको बिश्वास टुट्ने खतरा बढेको छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *