राष्ट्रियताको जगेर्ना र जनताको जनजिविकोपार्जनका लागि आन्दोलन



राष्ट्रियताको जगेर्ना र जनताको जनजिविकोपार्जनका लागि आन्दोलन

सुरुदेखि नै वामपन्थी आन्दोलनमा लागेका व्यक्ति हुन् । २०५५ सालमा तत्कालिन नेकपा माओवादीको जनयुद्धमा होमिएका उनी घाईते समेत हुन् । उनी भन्छन्, शान्ति प्रक्रियामा आईसकेपछि प्रचण्ड बाबुरामहरुले माओवादी आन्दोलन भुल्नु, नातावाद, कृपावाद, पैसा र विदेशी इसारामा चल्दै आन्दोलनमाथि गद्धारी गरे । भरुवा बन्दुकबाट सुरुभएको माओवादी आन्दोलन आधुनिक हतियारसम्म पुगेको थियो । तर प्रचण्ड बाबुरामले गद्धारी गर्दै सत्ता केन्द्रीत हुदैं हतियार बिक्री गर्दै म्युजियममा समेत राख्न भ्याए । जनमुक्ति सेनालाई कमजोर पार्न खण्डखण्डमा विभाजन गरियो । दलाली र बार्गेनिङ गर्दै राज्य सत्तामा जाने भ¥याङ बनाएर आफु समेत सक्किएर गए । १० वर्ष आमुल परिवर्तनको लागि इमानदार र बफादारी पूर्वक लागियो, आज ति दिनहरु सम्झिदा आजको दिनमा दिक्क लागेर आउँछ । प्रचण्ड बाबुरामको कति विरोध गर्नु दिक्क लाग्न थाल्यो, अचेल त विरोध नै गर्न छाडें ।
म फेरी पनि भन्दछुकि जनयुद्धको अवषेस अझै बाँकी छ, एजेन्डा बाँकी नै छन् । १० वर्ष लडेका योद्धाहरु हारेका छैनन् । १० वर्षको पिडा कसलाई छ भन्दाखेरी घाईते, अपाङग, अनाथ, असहाय, टुहुराहरुलाई रहेको छ । उनीहरुले अहिले जुन परिवर्तन भयो भनिएको छ, त्यसको महसुस गर्न सकेका छैनन् । अब जनयुद्धको कार्यभार विप्लवले पूरा गर्छन भन्ने लाग्छ । अर्को देशभक्त समाजले ठुलो क्रान्तिको नेतृत्व लिंदैछ । हामी देशभक्त, सबै जातिय समुदाय, भाषा, धर्म, संस्कृति, र राष्ट्रिय पूंजीपति सबैलाई समेटेर आन्दोलन गर्दैछौं । त्यसरी देशभक्तहरुलाई समेटेर देशमा आमुल परिवर्तनको आन्दोलनको लागि अघि बढ्ने प्रण गरिरहेको छौं ।
प्रचण्ड बाबुराम विदेशीको इसारामा सञ्चालित भए अथवा विलय भए । मोहन वैद्यसमूहको विचार क्रान्तिकै पक्षमा रहेको छ । देशभक्त समाज पार्टीलाई नै किन रोज्नु भयो ? भन्छन्, आमुल परिवर्तनका लागि लडेका प्रचण्ड बाबुरामले धोका दिए । क्रान्तिलाई बिर्सिए, शहिद, अपाङ्ग, घाईतेका सपना भुले, विदेशीको दलाली गर्दै सत्ताको च्याखे थापे, राष्ट्रियता भुले । त्यसैले म देशभक्त समाज पार्टीमा आबद्ध भएं । पुरानो सत्तालाई विस्थापित गर्ने र नवसत्ता ल्याउने यस पार्टीको स्पष्ट अडान हो ।
देशभक्त समाजले छिट्टै आन्दोलनको घोषण गर्दै छ । आमुल परिवर्तनको लागि सम्पूर्ण पक्ष एक भई सर्वोदय समाजको अवधारणा अनुसार देशमा पुरानो सत्ता विस्थापित गरी नवसत्ता स्थापना गर्नेछ । अर्को मार्मिक कुरा के भन्न चाहन्छौं भने जी राष्ट्र एकातिर छ, अब साना देशहरुको नेतृत्व नेपालले गर्ने वातावरण सृर्जना गरिने छ । किनकि नेपाल पूर्वीय दर्शनको मुलुक हो । विश्वमा गोर्खालीहरुको गौरव रहेको छ । त्यसैले हामी नेपालीले गर्न नसक्ने केही छैन । २००७, ०४६, १० वर्षे जनयुद्ध, ०६२,०६३ जनआन्दोलन सबै सम्झौता परस्त भयो । जनयद्धले नेपाली जनतामा ठुलो चेतना दियो, त्यसबाहेक सिमित व्यक्तिको लागि मात्र गण्तन्त्र, संघीयता भनियो र भयो । आमुल परिवर्तनका लागि लडेका भनिएका प्रचण्ड बाबुरामबाट नेपाली जनताको लागि ठुलो धोका भयो ।
देशमा अहिले दुईतिहाईको कम्युनिष्ट सरकार रहेको छ तर सुशासनको अभावमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्था छ । भ्रष्टाचार पहिलो माल्लिो तहबाट र दास्रो कर्मचारी, खरदार र पिउनबाट हुने गरेको छ । तर राज्यले कन्ट्रोलको कुनै नीति नै बनाउन चाहेन । संस्थागत भष्टाचार भईरहेको छ । राजनीतिमा नै नलागेका व्यक्तिहरु सांसद मन्त्री हुन्छन् भने यो के हो त भन्दाखेरी लेनदेन नै हो । त्यसैले हामी यो पुरानो सत्तालाई विस्तापित गरी नवसत्ता ल्याउन चाहन्छौं । जसबाट गास, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामानिक सुरक्षा र सामाजिक न्याय निशुल्क हुनेछ ।
प्रसंग बदलौं, यातायातमा रहेको भनिएको सिन्डिकेट के हो ? सरकार आफै सिन्डिकेट छ । कसरी भन्दाखेरी निजामति कर्मचारी युनियन, सरकारको स्वामित्वमा खेलिएका संस्थानहरुको टे«डयुनियन नै सिन्डिकेट हो । एउटा जड्याहा आफै रक्सी खाएर मात्छ, घर सडकमा बबाल मच्चाउँछ भने उसले अरुलाई रक्सी खान हुँदैन भन्दा कसले मान्ला ? यातायात क्षेत्रको अलवा शिक्षा, स्वास्थ्य, कृषि, खाद्यान्न, प्राईभेट क्षेत्र, विश्व सुन व्यापार, पेट्रोलियम पदार्थ लगायत विभिन्न क्षेत्रमा सिण्डिकेट रहेको छ । यसको मतियार सरकार आफै छ । यातायात क्षेत्र सिमित व्यक्तिले आफ्नो मनोमानी अनुकुलतामा चलेको देखियो । काठमाडौं उपत्यकाको छोटो दुरीको गाडीमा मयुर र साझा यातायातले सिण्डिकेट तोडेको छ । लामो दुरीमा धनगढी, नेपालगञ्ज र दाङ घोराहीले तोडेको अवस्था छ । राष्ट्रले चाहने हो भने विस्तारै सिण्डिकेट अन्त्य हुन्छ, लगभग अन्त्य भईसकेको छ । हामी यातायात व्यवसायीहरु सिण्डिकेट अन्त्य गर्न चाहन्छँैं ।
हाल कोभिड १९ ले गर्दा ६ महिनासम्मको लकडाउनले यातायात व्यवसायीहरु निकै मर्कामा परेका छन् । किस्ता तिर्न पाएका छैनन्, बैकले च्यापिरहेको छ, नविकरण छैन, देश नै अन्यौलमा छ, मजदुरको अवस्था झन दयनीय रहेको छ । यस्तो अवस्थामा यातायात व्यवसायीहरुको दुई वटा जुन महासंघ रहेको छ, महासंघमै सिण्डिकेट छ । राज्यसंग मिलेर केही व्यक्तिले व्यवसायीहरुको हित विपरित आफ्नो अनुकुलतामा डामाडोल पार्नुको साथै कब्जा गरेका छन् । यसको सशक्तरुपमा हाम्रो पार्टी देशभक्त समाजले विरोध गर्दै आएको छ ।

– खड्कका देशभक्त समाज, केन्द्रीय सदस्य एवं यातायात विभागीय प्रमुख हुन् ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *