यौनको मामिलामा ‘विश्वगुरु’ प्राचीन भारत



यौनको मामिलामा ‘विश्वगुरु’ प्राचीन भारत

एजेन्सी । ‘कामसुत्र’का रचयिता वात्स्यायनभन्दा सयौँ वर्ष अघि ग्रीक साहित्यमा यौनको अवधारणामाथि व्यापाक वहस भएको थियो । ग्रीक दार्शनिक प्लेटोले यौनलाई ‘अरुमाथि अधिकार जमाउने आकाङ्क्षा’ भनेका छन् ।

ग्रीक नाटककार अरिस्टोफैन्सले ‘सिम्पोजियम’मा एउटा यस्तो समयको उल्लेख गरेका थिए जब मानव जगत आफैमा परिपूर्ण हुने गथ्र्यो र उसलाई अरु कसैको आवश्यकता पर्दैनथ्यो । यसको परिणाम मानिसहरु अत्यधिक शक्तिशाली भए र देवतालाई समेत चुनौती दिन लागे ।

तर देवताका राजा जिउसले मानिससँग लड्ने उपाय निकाले र मानवलाई पुरुष र स्त्री दुई भागमा बाँडिदिए । यसको नतिजा मानिस सिधा उभिन थाले र दुई खुट्टामा हिँड्न लागे । त्यस्तै तिनको अङ्ग विभाजित हुन लागे ।

प्लेटोको विचारमा हाम्रो यही अपुरोपनले हामीमा दोस्रो हिस्साको चाहना प्रबल भयो । प्लेटो सेक्सलाई पूर्णताको मागको रुपमा व्याख्या गर्छन् । हामी आफूसँग नभएका हरेक चीजलाई यही कारणले माया गर्छौँ । एक यस्तो समय पनि आयो जब सेक्सलाई अनावश्यक चीज भन्न थालियो र त्यो समयमा सेक्स खराब चीज भयो र सेक्सलाई पाप मान्न थालियो ।

सन् ३२५ क्याथोलिक चर्चले जब आफ्नो विधि बनायो तब त्यसमा ‘शरीर खराब चीज हो । शारीरिक सुख अनावश्यक कुरा हो र तिनको चाह गर्नु पाप भएको’ बतायो । सेक्सको एक मात्र उद्देश्य सिर्फ सन्तान जन्माउनु मात्र हो भनियो ।

लगभग त्यही समयतिर वात्स्यायन गङ्गाको तटमा बसेर कामसूत्र लेखिरहेका थिए । किताबमा वात्स्याननले यौनिक आनन्द मानिसको लागि धेरै ठूलो चीज हो भनेर व्याख्या गरेका थिए र त्यसलाई जीवनमा कसरी अघि बढाउने पनि उनले उल्लेख गरेका थिए ।


प्राचीन भारतमा विवाहित स्त्री र पुरुषले श्रीमान्–श्रीमतीबहेक अन्य स्त्री वा पुरुषसँग विवाहइत्तर सम्बन्ध बनाउनुलाई पनि अपराध मानिदैन थियो र यसको सामाजिक मान्यता पाएको थियो । राधा–कृष्णको प्रेमको वर्णन यही कुराको एउटा उदारण हो कि समाजमा धेरै खुलापन थियो र प्रेमलाई लज्जासँग जोडिदैन थियो ।


 

यौनमा उदार प्राचिन भारत

प्राचिन भारतीय वास्तुकला हेर्दा त्यो समयमा सेक्सको बारेमा मानिसको सोच धेरै उदार रहेको देखिन्छ । ओडीशाको कोणार्कको सूर्य मन्दिरमा धेरै नग्न मुर्ती देख्न सकिन्छ ।

यस्तै बौद्ध धर्मसँग सम्बन्धित अजन्ता र एलोराको गुफामा पनि युवतीको नाङ्गो मुर्ती देखिन्छ । अजन्ताको गुफा चित्र इसा पूर्व दुई शताब्दी पहिले बनाइएको थियो । उता एलोराको कलाकृति पाँचौदेखि दशौँ शताब्दीको बीचमा भएको बताइन्छ ।

भारतमा सेक्सको खुला चित्रण मध्य प्रदेशको खजुराहोको मन्दिरमा पनि देख्न सकिन्छ । यो मन्दिर झण्डै एक हजार वर्ष पुरानो हो । त्यसलाई चन्देल राजाहरुले इपू ९५० देखि इपू १०५० बीच बनाएका थिए । यो दौरान कुल ८५ मन्दिर बनाइएका भए पनि आज तीमध्ये २२ जना मात्र बाँकी छन् ।

युनेस्कोले यसलाई सन् १९८६ मा विश्व धरोहर घोषित ग-यो । यी मन्दिरमा यौन सम्बन्धको हरेक रुप देख्न सकिन्छ । पर्खालमा हरेक सेक्स आसनको चित्र छन् । यहाँ तीन मानिस एक साथ यौन सम्बन्ध बनाएको पनि देखिन्छ ।


यो पुस्तकमा कामसूत्रको उदृत गर्दै एक समय महिला समलैंगिकतालाई ‘स्वारानी’ भनिने उल्लेख छ । ती अर्की महिलासँग नै विवाह गर्थिन् र अझ महत्त्वपूर्ण कुरा तेस्रो लिङ्गी सामान्य समाजमा सहज जीवनयापन गर्थे । सो किताबमा समलैङ्गिक पुरुषलाई ‘क्लीव’ नाम दिएको थियो जो समलैङ्गिक प्रवृत्तिको कारण महिलामा रुचि राख्दैन थिए ।


 

विगतमा भारतवर्षमा समलैङ्गिकताको स्वीकार्य थियो

एउटा रमाइलो कुरा आधुनिक समयमा भारतीय उपमहाद्वीपका देशमा भर्खरै समलैंगिकता सम्बन्धले कानुनी मान्यता पाउन लागेका छन् । तर १३ औँ शताब्दीको माउण्ट आबू नजिक बनाइएको दिलवाडा मन्दिरमा पनि अन्तरङ्ग दृश्य सगमरमरमा खोपिएको छ ।

भारतीय उपमहाद्विपमा मात्र होइन, समलैङ्गिक अधिकारकर्मी आज संसारभर नै आफ्नो पहिचानको लागि लडिरहेको छन् । तर प्राचिन भारतमा यसले समाजिक मान्यता पाएको थियो ।


हुन त प्राचीन भारतमा अरु पनि यौनमाथि कैयौँ ग्रन्थ लेखिएका छन् । तिनमा पुरुषको आनन्दलाई नारीको आनन्दभन्दा महत्त्व दिइएको हुन्थ्यो । तर कामसूत्रले पहिलो पटक नारीको आनन्दलाई पुरुष बराबर महत्त्वपूर्ण हुने उल्लेख ग-यो । पहिले महिला चरमसुखको लागि पुरुषमाथिमात्र निर्भर हुन्छन् भन्ने विचार व्याप्त थियो । वात्स्यायनले कामसुत्रमा पहिलो पटक महिलाको चरम सुखको लागि पुरुषनै आवश्यक नहुने बताए ।


अमर दास विल्हमको किताब ‘पीपुल अफ द थर्ड सेक्सः अण्डरस्ट्याडिङ होमोसेक्सुएलिटी, ट्रान्सजेण्डर आइडेन्टिटी थ्रु हिन्दूईज्म’मा मध्यकालिन र संस्कृत ग्रन्थको शोध गर्दा तत्कालिन भारतीय समाजमा समलैङ्गिकता र तेस्रो लिङ्गलाई स्वीकारिएको देखिन्छ ।

यो पुस्तकमा कामसूत्रको उदृत गर्दै एक समय महिला समलैंगिकतालाई ‘स्वारानी’ भनिने उल्लेख छ । ती अर्की महिलासँग नै विवाह गर्थिन् र अझ महत्त्वपूर्ण कुरा तेस्रो लिङ्गी सामान्य समाजमा सहज जीवनयापन गर्थे । सो किताबमा समलैङ्गिक पुरुषलाई ‘क्लीव’ नाम दिएको थियो जो समलैङ्गिक प्रवृत्तिको कारण महिलामा रुचि राख्दैन थिए ।

 

विवाहइत्तर सम्बन्धसमेत स्वीकारिन्थ्यो

प्राचीन भारतमा विवाहित स्त्री र पुरुषले श्रीमान्–श्रीमतीबहेक अन्य स्त्री वा पुरुषसँग विवाहइत्तर सम्बन्ध बनाउनुलाई पनि अपराध मानिदैन थियो र यसको सामाजिक मान्यता पाएको थियो ।

राधा–कृष्णको प्रेमको वर्णन यही कुराको एउटा उदारण हो कि समाजमा धेरै खुलापन थियो र प्रेमलाई लज्जासँग जोडिदैन थियो ।

कृष्णसँग कहिले पनि उनको पत्नीको तस्विर वा मूर्ति भेटिँदैन । हरेक स्थान कृष्णसँग उनकी किशोरकालकी प्रेमिका भनेर चिनाइएकी राधा देखिन्छिन् । यसलाई समाजमा प्रेमको स्वीकृतिको उदारण छ ।

महिला र पुरुषको यौन इच्छामा आकास जमिनको फरक

हुन त प्राचीन भारतमा अरु पनि यौनमाथि कैयौँ ग्रन्थ लेखिएका छन् । तिनमा पुरुषको आनन्दलाई नारीको आनन्दभन्दा महत्त्व दिइएको हुन्थ्यो । तर कामसूत्रले पहिलो पटक नारीको आनन्दलाई पुरुष बराबर महत्त्वपूर्ण हुने उल्लेख ग-यो ।

पहिले महिला चरमसुखको लागि पुरुषमाथिमात्र निर्भर हुन्छन् भन्ने विचार व्याप्त थियो । वात्स्यायनले कामसुत्रमा पहिलो पटक महिलाको चरम सुखको लागि पुरुषनै आवश्यक नहुने बताए ।

एक प्रेमीको रुपमा पनि महिला पुरुषमा धेरै फरक हुन्छ र तिनको यौनिकताको स्रोतमा पनि आकास जमिनको अन्तर हुन्छ ।

वात्स्यानन यसबारेमा भन्छन्, ‘पुरुषको यौन इच्छा आगोजस्तै हो जो तिनको यौनअङ्गबाट उठेर तिनको मस्तिष्कतर्फ जान्छ । आगोजस्तै ती सजिलै उठ्छन् र उत्तिक्कै सजिलै निभ्छन् पनि । यसको विपरित महिलाको सेक्स इच्छा पानीजस्तो हो जो तिनको सिरबाट सुरु हुन्छ र तल बहन्छ । तिनलाई जगाउन पुरुषको तुलनामा बढी समय लाग्छ ।’

स्रोत :https://www.bbc.com/hindi/india-51131304

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *