विश्वमा १ लाख बढिकाे काेराेनाले ज्यान लियाे, अमेरिकामा थप संकट



विश्वमा १ लाख बढिकाे काेराेनाले ज्यान लियाे, अमेरिकामा थप संकट

काठमाडौँ । विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । शुक्रबार विहानसम्म आउँदा विश्वभर मृत्यु हुनेको संख्या एक लाख तीन हजार पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

त्यसैगरी संक्रमितको १७ लाख नजिक पुगेको छ भने करिब चार लाख सन्चो भएर घर फर्केका छन् ।

कोरोनाको केन्द्र अमेरिका बन्न पुगेको छ । अमेरिकामा पछिल्लो चौबिस घण्टा मृत्यु हुनेको संख्यमा बृद्धि भएको बताइएको छ ।

तर, यो समाचार तयार पार्दासम्म कोरोनाभाइरसको विवरण लाइभ अपडेट गरिरहेका साइटहरुले विश्‍वभर मृत्यु हुनेको संख्या १ लाख २ हजार ६६४ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या इटलीको नजिक पुगेको छ ।  यो क्रम केही घण्टामात्रै रह्यो भने अब पहिलो नम्बरमा अमेरिका हुने देखिएको छ । अहिलेसम्म अमेरिकामा १८ हजार ६ सय ८६ को मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी संक्रमित भएका छन् ।

चीनपछि कोरोनाको केन्द्र बन्दै आएको इटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा मृत्युदर घटेको छ भने सन्चो हुनेको संख्या बढदै गएको छ । अहिलेसम्म स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय फ्रान्समा पनि मृत्यु हुनेको संख्या बढेको छ । अहिलेसम्म १३ हजार १९७ जनाले ज्यान गुमाईसकेका छन् भने झण्डै डेढ लाख संक्रमित छन् ।

बेलायतमा पनि ८ हजार ९५८ जनाको मृत्यु भइसकेको छ भने करिब एकलाख संक्रमित छन् ।
मध्यपूर्वको इरानमा पनि मृत्यु हुनेको संख्या ४ हजार नघिसकेको छ ।

नेपालमा भने थप संक्रमित भेटिएका छैनन् । अहिलेसम्म ३५ सय २५ को परीक्षण भएपनि थप संक्रमित नभेटिएको हो ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *