जनगायिकाकाे भाेक हड्तालका क्रममा जेलमै मृत्यु



जनगायिकाकाे भाेक हड्तालका क्रममा जेलमै मृत्यु

एजेन्सी । टर्कीकी प्रसिद्ध जनवादी गायिका हेलिन बाेलेककाे भाेक हड्तालकाे २ सय ८८ दिनमा जेलभित्रै  ३ अप्निलका दिन निधन भएकाे छ ।

टर्कीमा लोकप्रिय रहेको ‘ग्रुप योरुम’की २८ बर्षिय गायिका हेलिनको २८८औँ दिन लामो भोक हडतालकै क्रममा शुक्रवार (चैत्र २१ गते) ज्यान गएकाे हाे ।

टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान नेतृत्वको तानाशाही सरकार र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सनकी शैलीकाे गीत मार्फत विरोध गर्ने उनको सांगीतिक समुहलाई दुबै सरकारले आतंकवादी घोषित गरेका थिए।

एर्दोगानको सरकारले हेलिनको सांगीतिक समुहलाई सन् २०१६ मा प्रतिवन्ध लगाउँदै त्यसका तीन सदस्यलाई जेलमा थुनिसकेको छ, जसको विरोधमा बोलेकले भोक हडताल शुरु गरेकी थिइन। सांगीतिक समुहमाथिको प्रतिवन्ध हटाउनुपर्ने तथा जेलमा रहेका आफ्ना साथीलाई रिहा गर्नुपर्ने उनको साधारण माग थियो।

तर, शासकका अघिल्तिर त्यो उनीुद्धारा गरिएको ठूलो विद्रोह थियो। सरकारले बोलेकलाई झुकाउन अस्पताल लगेर भर्ना गरे पनि उनले उपचार लिन अस्विकार गरिन् र अन्तिम घडीसम्म सरकारको निर्णयलाई चुनौति दिँदै प्राण त्याग गरिन।

भावपूर्ण श्रद्धाञ्जली छ जनवादी गायिका हेलिन बाेलेकलाई ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *