‘काेराेना’विरुद्धको लडाई जित्न विश्व समुदाय एक हाैैं : सि जिङपिङ



‘काेराेना’विरुद्धको लडाई जित्न विश्व समुदाय एक हाैैं : सि जिङपिङ

काठमाडौ  । चिनियाँ राष्ट्रपति सी जिङपिङले कोरोना भाइरसविरुद्ध लड्न विश्व–समुदायले सहकार्य गर्ने एउटा महत्वपूर्ण क्षण भएकाले चुनौतीका लागि उठ्ने र द्रुत गतिमा काम गर्ने समय भएको बताएका छन् ।

राष्ट्रपति सीले विश्व–समुदाय आपसी एकता र आपसी सहयोगको माध्यमबाट यस प्रकोपमाथि विजयी हुने विश्वास व्यक्त गर्दै मानवजातिको उज्ज्वल भविष्यलाई अँगाल्ने पनि दाबी गरेका छन् ।

कोरोना नियन्त्रण र उपचारको सबभन्दा शक्तिशाली तरिका विश्वव्यापी नेटवर्क निर्माण गर्न सबै मिलेर काम गर्नु पर्नेभन्दैराष्टपति सिले जुन कार्यभार विश्वले आज सम्म नदेखेको बताए ।

विश्वका २० औद्योगिक तथा धनी राष्ट्रहरू ‘जी २०’ को बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनले मानवजीवन र स्वास्थ्यलाई पहिलो स्थानमा राखी कडा कदम चालेर आत्मविश्वास बढाउने, एकतालाई सुदृढ गर्ने, विज्ञानमा आधारित नियन्त्रण र उपचार सुनिश्चित गर्ने र लक्षित उपायहरू लागू गर्ने समग्र सिद्धान्तअनुरूप काम गरेको बताए । उनले भने, ‘हामीले ठूलो सङ्घर्ष र त्याग गरेका छौँ जसको कारण चीनको जनजीवन सामान्य बन्न थालेको छ । यद्यपि हामीले यसको नियन्त्रण र भूमिकामा कमी हुन दिएका छैनौँ । प्रकोपविरुद्धको हाम्रो लडाइँको सबैभन्दा कठिन घडीमा चीनले विश्व–समुदायका धेरै सदस्यहरूबाट सहायता प्राप्त गरेको विषयलाई चिनियाँ जनताले सधैँ सम्झिनेछन् र कदर गर्नेछन् ।’

विश्वव्यापी सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि ठूलो चुनौती ल्याइरहेको कोरोना प्रकोपका कारण परिस्थिति धेरै विचलित र निराशाजनक भएको भन्दै राष्ट्रपति सीले त्यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले आत्मविश्वास सुदृढ पार्दै एकताबद्ध भएर सामूहिक रूपमा तालमेल गरी यसका विरुद्ध लड्न जरुरी हुने धारणा व्यक्त गरे । यसबाट मानव जातिले एक ठूलो सङ्क्रामक रोगका विरुद्धको युद्ध जित्न सक्ने उनको निष्कर्ष थियो ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *