चीनमा कोरोना संक्रमित शुन्य, इटलीमा एकैदिन ४७५ जनाको मृत्यु



चीनमा कोरोना संक्रमित शुन्य, इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

काठमाडौं, चैत्र । चीनको वुहान क्षेत्रमा बुधबार कोरोनाभाइरसका कुनै पनि संक्रमित फेला नपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको सबैभन्दा बढी जोखिम रहेको भनिएको चीनमा पछिल्लोपटक ३४ जना नयाँ संक्रमित फेला परेको भए पनि ती सबै बाहिरबाट आएका संक्रमित थिए । चीनले कोरोनाविरुद्धको लडाइँमा सफलता मिलेको बताएको छ ।पछिल्लो समयमा चीनमा कोरोनाभाइरसका कारण आठजनाको ज्यान गएको थियो ।

तर नयाँ संक्रमित नरहेको सीएनएनले जनाएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार इटलीमा एकैदिनमा कोरोनाभाइरसका कारण ४७५ जनाको ज्यान गएको छ । इटलीमा यो महामारीकै रुपमा फैलिएको बताइएको छ ।

अहिलेसम्म त्यहाँ ३५ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ ।इटलीमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीनहजार हाराहारीमा पुगेको बीबीसीले जनाएको छ ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *