संसद भङ्ग गरेको डेढ हप्ता नबित्दै ओलीको अर्थपूर्ण भारत भ्रमण



संसद भङ्ग गरेको डेढ हप्ता नबित्दै ओलीको अर्थपूर्ण भारत भ्रमण

काठमाडौं : पार्टी भित्र अल्पमतमा परेर असंवैधानिक र हठात् तवरले प्रतिनिधिसभा बिघटन गरेर चौतर्फी आक्रमण झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौष २० गतेभित्रै भारत भ्रमणको तयारी गरेका छन् । ओलीको संसद विघटनको देश भित्र भत्सर्ना भइरहेकै बेला ओलीले संसद विघटन गरेको करिब डेढ हप्ता नबित्दै भारत भ्रमणको घनिभूत तयारी थालेको जनआस्थाले उल्लेख गरेको छ । गत वर्षदेखि चिसिएको दुई देशको सम्बन्ध सुधार्न भन्दै पछिल्लो चार महिनामा भारतबाट भएका औपचारिक तथा अनौपचारिक उच्चस्तरीय भ्रमणपछि पुस पहिलो साता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतको औपचारिक भ्रमण गर्ने गृहकार्य भइरहेको थियो ।

तर,अहिले एकाएक मुलुकमा विकसित चरम राजनीतिक संकट र अस्तव्यस्तताबीच प्रधानमन्त्रीको भारत भ्रमणको लागि आवश्यक गृहकार्य थालिएपछि राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । उच्च स्रोतका अनुसार भ्रमण पुस २० गतेभित्र हुने गरी दुबैतर्फका कूटनीतिक र राजनीतिक संयन्त्र परिचालन भइसकेका छन् । भ्रमणको निम्तो आएको छ तर यस्तो बेला जान हुने कि नहुने भन्नेमा मथिङ्गल खल्बलिरहेको अवस्था पनि छ ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *