कोरोना भाइरसको संक्रमण अमेरिकाको सबै राज्यमा



कोरोना भाइरसको संक्रमण अमेरिकाको सबै राज्यमा

अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको  छ।

मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्।

राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

हालसम्म अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का ६ हजार संक्रमण पुष्टि भइसकेका छन् भने १०५ जनाको ज्यान गइसकेको छ।

यसैगरी संसारभर करिब २ लाख संक्रमण पुष्टि भइसकेका छन् भने करिब ८ हजार जनाको ज्यान गइसकेको छ।

अभियान पोष्ट