नेकपा स्थायी कमिटी बैठक सुरु, बहुमत सदस्य सहभागी



नेकपा स्थायी कमिटी बैठक सुरु, बहुमत सदस्य सहभागी

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माणको क्रममा सोमबारदेखि विश्वको सबैभन्दा ठूलो परीक्षण शुरु भएको छ ।

यो परीक्षणमा ३० हजार मानिस सहभागी हुँदैछन् । विश्वभर अहिले कोरोना भाइरसविरुद्धको खोप निर्माणको लागि काम भइरहेको छ । जसमध्ये परीक्षणको अन्तिम चरणमा रहेका खोपमध्ये अमेरिकी कम्पनीले बनाएको खोप पनि एक हो ।

नेशनल हेल्थ अफ इन्स्टिच्युट र मोडर्ना इंकले संयुक्त रुपमा यो खोप निर्माणको काम गरिरहेका छन् ।

यद्यपि अहिलेसम्म यो खोपले वास्तवमा नै काम गर्छ कि गर्दैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन । अहिले शुरु भएको परीक्षणमा सहभागी मानिसहरुलाई पनि वास्तविक खोप हो वा नक्कली खोप दिइएको हो भन्ने जानकारी दिइने छैन ।

उनीहरुलाई दुईपटक यो खोप दिएपछि वैज्ञानिकहरुले नजिकबाट यो खोपको प्रभावकारिताको विषयमा अध्ययन गर्नेछन् ।

स्रोत : बीबीसी

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *