मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर



मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

मलेसियाका पूर्व प्रधानमन्त्री नजीब राजाक अर्बौं डलरको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मलेसियाको वान एमडीबी नामक सरकारी कोषमा भएको भ्रष्टाचारको मामिलामा नजीबले आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको हो ।

रजाकमाथि यस्ता कम्तीमा तीन मुद्दा चलिरहेका छन् । जसमध्ये पहिलो मुद्दाको फैसला आएको हो । मलेसियामा दुई वर्षअघि भएको निर्वाचनमा नजीब रजाक पराजित हुँदै सत्ताबाट बाहिरिन पुगेका थिए ।

रजाकले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । यद्यपि अभियोजनकर्ताले भने उक्त सरकारी कोषबाट कम्तीमा एक अर्ब डलर उनको खातामा ट्रान्सफर भएको आरोप लगाएका छन् । रजाक सन् २००९ देखि २०१८ सम्म मलेसियाको सत्तामा थिए ।

स्रोत : बीबीसी

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *