बेलायत र अमेरिकाको आरोप, ‘रुसले अन्तरिक्षमा हतियार जस्तै चिज लन्च गर्‍यो’ थप सामग्री



बेलायत र अमेरिकाको आरोप, ‘रुसले अन्तरिक्षमा हतियार जस्तै चिज लन्च गर्‍यो’ थप सामग्री

रुसले अन्तरिक्षमा एक स्याटलाइटबाट हतियारजस्तै कुनै चिज लन्च गरेको आरोप बेलायत र अमेरिकाले लगाएका छन् ।

बेलायतको अन्तरिक्ष निर्देशनालयका प्रमुखले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘रुसले हतियारजस्तै कुनै चिज लन्च गरी जुन तरिकाले आफ्नो स्याटलाइटको परीक्षण गरेको छ, त्यसलाई लिएर हामी चिन्तित छौँ ।’

विज्ञप्तिमा ‘यस खालको कारबाही अन्तरिक्षको शान्तिपूर्ण प्रयोगका लागि खतरा हो’ भनिएको छ ।

रुसको यो स्याटलाइटका सम्बन्धमा अमेरिकाले यसअघि नै चिन्ता जनाएको थियो ।

विज्ञप्तिमा बेलायतको अन्तरिक्ष निर्देशनालयका प्रमुख हार्वे स्मिथले भनेका छन्, ‘यस खालको हर्कतले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगका लागि खतरा पैदा गर्छ । यसबाट अन्तरिक्षमा ढुङ्गाका टुक्राहरू जम्मा हुने खतरा हुन्छ, जसले स्याटलाइटसँगै पूरै अन्तरिक्ष सिस्टममा हानी गर्न सक्छ ।’

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *