चीनले रिहा गर्‍यो पक्राउ परेका १० भारतीय सैनिक



चीनले रिहा गर्‍यो  पक्राउ परेका १० भारतीय सैनिक

चीनले पक्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको हिंस्रक संघर्ष पछि रिहा गरेको छ । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको हो । यसमा एक लेफ्टिनेन्ट कर्नल र तीन मेजर पनि समावेश थिए ।

भारतले बिहिबार जारी बयानमा आफ्ना कोही सेना नहराएको बताएको थियो । द हिन्दूका अनुसार भारतीय सैनिकलाई बिहिबार बेलुकी पाँच बजे छोडिएको हो ।

१५–१६ जूनको राती भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिक मारिएका छन् । भारतका ७८ सैनिक घाइते भएका छन् जसको अस्पतालमा उपचार चलिरहेको छ ।

यस्तै चीनले हताहत भएका आफ्नो सैनिकको संख्या सार्वजनिक गरेको छैन ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *