उत्तर काेरियाका सर्वाेच्च नेता सार्वजनिक



उत्तर काेरियाका सर्वाेच्च नेता सार्वजनिक

काठमाडौ । उत्तर कोरियाका नेता किम जोङ उन सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको वेला किम जोङ उन एक रासायनिक मलको कारखाना उद्घाटनको कार्यक्रममा सहभागी भएको त्यहाँका मिडियाले उल्लेख गरेका छन् ।

उनले रिबन काटेर सो कारखाना उद्घाटन गरेको तस्वीर उत्तर कोरियाको समाचार एजेन्सी केसिएनएले सार्वजनिक गरेको छ । किम सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्दा उनले यस विषयमा टिप्पणाी गर्न चाहेनन् ।

उक्त समाचार एजेन्सीका अनुसार किमसँग उनकी बहिनी किम यो जोङलगायत उत्तर कोरियाका अरु धेरै वरिष्ठ अधिकारी पनि थिए ।

‘किमले आफू कारखानाको उत्पादन प्रणालीबाट सन्तुष्ट भएको र देशको रासायनिक उद्योग र खाद्य उत्पादनको प्रगतिमा योगदान पुर्याएकोमा यसको प्रशंसा गरे’ केसिएनएले उल्लेख गरेको छ ।

अप्रिल १५ मा हजुरबुबाको जन्मोत्सवमा सहभागी नभएपछि किम जोङ उनको स्वास्थ्य अवस्थाका बारेमा धेरै अनुमान गरिएको थियो । अमेरिकी सञ्चारमाध्यामले किम गम्भीर अवस्थामा रहेको जनाएका थिए तर दक्षिण कोरियाले उनको स्वास्थ्य सामान्य रहेको बताएको थियो ।

किम यसभन्दा पहिले पनि सन् २०१४ मा सेप्टेम्बरदेखि ४० दिन गायब भएका थिए । पछि अक्टुबरको मध्यतिर सार्वजनिक भए । उनी कहाँ थिए भने उत्तर कोरियाका सञ्चारमाध्यामले उल्लेख गरेनन् । तर दक्षिण कोरियाको गुप्तचर एजेन्सीले खुट्टाको शल्यक्रियाका कारण उनी बाहिर नदेखिएको हुन सक्ने बताएको थियो ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *