दुई दिनभित्रमै बलिउडलाई दुई ठुला झड्का



दुई दिनभित्रमै बलिउडलाई दुई ठुला झड्का

काठमाडौ । बलिउडका दुई हस्ती इरफान खान र ऋषि कपुरको असामयिक निधन भएको छ ।

बुधबार खानको र विहिबार विहान कपुरको निधन भएको एजेन्सीहरुले बताएका छन् । दुई कलाकारको निधनले खान र कपुरका करोडौ समर्थकहरुले दुःख मनाइरहेका छन् ।
२०१८ मा न्युरो एन्डोक्राइज ट्युमर बाट पिडित भएका इरफान खानले आफ्नी आमालाइ गुमाएका थिए भने, आफ्नी आमाको मृत्युको पीडा सहिरहेका उनलाई मङ्गलबार मलासय संक्रमणका कारण कोकिलाबेन धिरुमाइ अम्बानी अस्पतालमा आइसियुमा भर्ना गरिएको थियो र उनको निधन भने बुधबार भएको हो।

बलिउड चलचित्र मात्रै नभइ हलिउड चलचित्रमा समेत नाम कमाइसकेका इरफानले ५३ बर्षको उमेरमा बुधबार आफ्न परिवारका साथमा दम तोडेका थिए।

इरफान खानको मृत्युको खबर सेलाउन नपाइ भोलिपल्टै बलिउडका अर्का चर्चित चकलेटी कलाकार ऋषि कपुरको पनि निधन भयो। अमेरिकाबाट क्यान्सरको उपचार गरेर फर्किएका कपुर इन्डिया आएर चेकअप गराउदा उनको स्वास्थ स्थिति राम्रो भएको स्वयम् कपुरले पत्रकारहरु समक्ष बताएका थिए। बिगत २ बर्षदेखि उनी क्यान्सरसङ्ग लडिरहेका थिए।

उनलाई अमेरिकाबाट आफ्नो उपचार गराएर फर्केलगतै दिल्लिमा सुटिङ गरिरहेका बेला फेरि बिरामी परि अस्पतालमा भर्ना गरिएको थियो। गत २ दिनदेखि उनको स्वास्थ्य स्थिति एकदमै बिग्रेको कारण ६८ बर्षको उमेरमा मुम्बईको रिलायन्स अस्पतालमा उनको मृत्यु भएको छ।

बलिउड चलचित्र क्षेत्रमा एकदमै चर्चा कमाएर सबैको लोकप्रिय बनेका यी दुई चर्चित बहु प्रतिभाका धनी ऋषि कपुर र इरफान खानप्रति अभियानपोष्ट डटकमको तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा उहाँहरुको आत्माको चिर शान्तिको कामना।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *