कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन



कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि २६ अर्ब धेरै बजेट विनियोजन गरिएको छ । शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८र७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै खोपका शाथै कोरोनाको निःशुल्क परीक्षण र उपचारका लागि बजेट विनियोजन गरेको बताएका हुन् ।

अभियान पोष्ट