स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर पौडेल



स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर पौडेल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेललाई तोकिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

यसअघि प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई मन्त्रालयको प्रवक्ताबाट कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिएपछि रिक्त रहेको उक्त पदमा प्रवक्ताको जिम्मेवारी डाक्टर पौडेललाई दिइएको हो ।

डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

अभियान पोष्ट