आजदेखि सांसदहरूलाई कोरोना खोपको दोस्रो डोज दिइने



आजदेखि सांसदहरूलाई कोरोना खोपको दोस्रो डोज दिइने

काठमाडौं । संसद सचिवालयले आजदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ।

आजदेखी आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ।

खोप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ।

अभियान पोष्ट