नेपालमा सक्रिय संक्रमित एक लाख धेरै



नेपालमा सक्रिय संक्रमित एक लाख धेरै

काठमाडौँ । बिहिबा। ८ हजार ९ सय ६० संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार २ सय १४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ४६ पुगेको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ । जसमध्ये १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित हुन् । २४ घण्टामा ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् ।

अभियान पोष्ट