नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०७



नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या  १०७

नेपालमा हालसम्म १०७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा १०७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

गत २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ७ पुगेको हो। रौतहट, मोरङ र काठमाडौंका १/१ जना गरी तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रौतहटका ३२ वर्षीय पुरुष, मोरङको ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार ४९५ उपचारपछि निको भएका छन्। हाल निको हुनेको अनुपात ६४ दशमलव २ प्रतिशत छ।

हाल १५ हजार १ सय ९८ जना क्वारेन्टाइनमा छन्। सोमबार ११ हजार ५ सय २० जनाको परीक्षण भएको छ। हाल ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्। होम आइसोलेसन २ हजार ६ सय १ जना छन्।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *